Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेदारल्याण्ड्सको ९औं विकेट पतन

काठमाडौं, साउन १६ । नेपाल पहिलो एकदिवसीय क्रिकेट अन्तर्गत अहिले नेदरल्याण्डस्सँग उसकै घरेलु मैदानमा खेलिरहेको छ ।

करण केसीले नेपालका लागि ९ औं विकेट झारेका छन् । करणले ४७ ओभरको तेस्रो बलमा नेदारल्याण्ड्सका एडवाढलाई एलपीडब्लू धरापमा पारेन । उनी १८ रनमा आउट भएका हुन ।

त्यसअघि नेपालका लागि सन्दीप लामिछानेले ४५ ओभरको अन्तिम बलमा आठौं विकेट लिए ।

कप्तान पारस खड्काले आठौं विकेट लिएका छन् । पारसले ८ ओभर बलिङ गर्दै २० रन खर्चे र चार विकेट लिएका हुन । यो पारसको उत्कृष्ट बलिङ हो । पारसले ४० ओभरको दोस्रो बलमा पारसले रिपोन र चौथो बलमा स्नेटरलाई आउट गरेका ।

नेपालका लागि सोमपाल कामीले पाँचौ विकेट लिएका छन् । सोमपालले ३४ ओभरको चौथौं बलमा नेदारल्याण्डका वासडे लिडलाई क्याचआउट गराए ।

नेपालका लागि सोमपाल कामीले पाँचौ विकेट लिएका छन् । सोमपालले ३४ ओभरको चौथौं बलमा नेदारल्याण्डका वासडे लिडलाई क्याचआउट गराए ।

कप्तान पारस खड्काले फेरि अर्को विकेट झारेका छन् । खड्काले खेलको १६ औं ओभरको पहिलो बलमा नेदरल्याण्डसका वेज्ली ब्यारेसीलाई आउट गरेका हुन् । यो नेपालको लागि चौथो विकेट हो । सोमपाल कामीको यो व्यक्तिगत दोस्रो विकेट हो ।

यसअघि सोमपालले एक र सन्दीपले एक विकेट लिएका छन् । सन्दीपले १२ औं ओभरको खेलमा नेदरल्याण्डका स्टेफन माइबर्गलाई आउट गरेका हुन । उनले ६० बलमा एक छक्का र एक चौकाको मद्दतले ३० रन बनाएर सोमपालको बलमा क्याच आउट भए ।

त्यसअघि नेपालका लागि कप्तान पारस खड्काले दोस्रो विकेट लिएका छन् । सातौं ओभर बलिङ गर्न आएका पारसले तेस्रो बलमा नेदारल्याण्डसको दोस्रो विकेट लिएका हुन । यस अघि सोमपाल कामीले नेपालका लागि पहिलो विकेट लिएका लिए ।

ताजा अवस्थामा ४२ ओभरमा ८ विकेटको क्षतिमा १६४ रन बनाएर खेलिरहेको छ ।

आम्सडर्ममा पौने ३ बजे शुरु भएको खेलमा नेदरल्याड्सले टस जितेर पहिला व्याटिङ रोजेको थियो ।

नेपालका फास्ट बलर सोमपाल कामीले तेस्रो ओभर बलिङ गर्दै नेदारल्याण्डसको टेर ब्राक पहिलो विकेट झारेका छन् । आज पहिलो पटक एकदिवसीय किक्रेट खेल्दै छ भने नेदरल्याण्डस् चार वर्षपछि एकदिवसीय म्याच खेल्दै छ ।

गएको फागुनमा जिम्बाब्वेमा सम्पन्न विश्वकप छनोट खेल अन्तर्गत पपुवानियुग्यनीलाई पराजित गर्दै नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाएको हो ।

यसअघि नेपाल र नेदरल्याण्डस् पाँच पटक आम्नेसाम्ने भएका थिए । जसमा नेदरल्याण्डस् तीन पटक र नेपाल दुईपटक विजयी भएका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: