Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपाललाई नेदरल्याण्ड्सले दियो १९० रनको लक्ष्य

काठमाडौं, साउन १६ । नेदरल्याण्ड्सले नेपाललाई १९० रनको लक्ष्य दिएको छ। अन्तिम विकेटका रुपमा नेपालका सोमपाल कामीले क्लासेनलाई ११ रनको अवस्थामा क्याचआउट गराएपछि नेदरल्यान्ड ४७.४ बलमा १ ८९ रनमा अलआउट भयो। नेपाललाई नेदरल्याण्ड्सले १९० रनको लक्ष्य  विजयी लक्ष्य  दिएकाे हाे ।

नेपाली बलरकाे कसिलाे बलिङकाे अगाडि नेदरल्याण्ड्सका व्याट्सम्यान खलेर खेल्न सकेनन् । कप्तान पारस खड्काले कप्तानी इनिङ खेलेपछि नेपाल नेदरल्याण्ड्सलार्इ मध्यम स्काेरमा राेक्न सफल भएकाे हाे । नेपालका अाजकाे खेलमा साेमपाल कामीले पहिलाे र अन्तिम  विकेट  लिए ।

नेदरल्याण्ड्सका लागि माइकल रिपोनले सर्वाधिक रन बनाए । कुल ७६ बलको सामना गरेका रिपोनले दुई चौकाको मद्दले ५१ रन बनाए । बसडी लिडले एक छक्का र एक चौकाको मद्दतले ३० रन बनाए भने स्टफेन माइबगर््ले २९ रन बनाए । त्यस्तै बेन कुपरले २०, स्कट एडवाडले १८, ओएजी १२, फेर्ड क्लासेल १, पिटर सिल्क ५ पाउल भान अविजित ३ डेनियल टेल बराकले १ रन बनाए । २ बल खेलको सेन स्नेटर खाता नै खोल्न सकेनन् ।

नेपालको तर्फबाट ९ अतिरिक्त रन गएका थिए ।

त्यसै बलिङतर्फ नेपालका कप्तान पारस खड्काले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए । परासले १० ओभर बलिङ गर्दै २६ रन दिएर ४ विकेट लिए । सोमपाल कामीले तीन ओभर लिए । ८.४ ओभर बलिङ गर्दै सोमपालले ३४ रन दिएर तीन विकेट लिए । त्यसैगरी सन्दीप लामिछाने १० ओभर बलिङ गर्दै ४२ रन दिएर १ विकेट लिए । नेपालका लागि बसन्त रेग्मी र करण केसीले ११ विकेट लिए ।

कप्तान पारस खड्काले आठौं विकेट लिएका छन् । पारसले ८ ओभर बलिङ गर्दै २० रन खर्चे र चार विकेट लिएका हुन । यो पारसको उत्कृष्ट बलिङ हो । पारसले ४० ओभरको दोस्रो बलमा पारसले रिपोन र चौथो बलमा स्नेटरलाई आउट गरेका ।

नेपालका लागि सोमपाल कामीले पाँचौ विकेट लिएका छन् । सोमपालले ३४ ओभरको चौथौं बलमा नेदारल्याण्डका वासडे लिडलाई क्याचआउट गराए ।

नेपालका लागि सोमपाल कामीले पाँचौ विकेट लिएका छन् । सोमपालले ३४ ओभरको चौथौं बलमा नेदारल्याण्डका वासडे लिडलाई क्याचआउट गराए ।

कप्तान पारस खड्काले फेरि अर्को विकेट झारेका छन् । खड्काले खेलको १६ औं ओभरको पहिलो बलमा नेदरल्याण्डसका वेज्ली ब्यारेसीलाई आउट गरेका हुन् । यो नेपालको लागि चौथो विकेट हो । सोमपाल कामीको यो व्यक्तिगत दोस्रो विकेट हो ।

यसअघि सोमपालले एक र सन्दीपले एक विकेट लिएका छन् । सन्दीपले १२ औं ओभरको खेलमा नेदरल्याण्डका स्टेफन माइबर्गलाई आउट गरेका हुन । उनले ६० बलमा एक छक्का र एक चौकाको मद्दतले ३० रन बनाएर सोमपालको बलमा क्याच आउट भए ।

त्यसअघि नेपालका लागि कप्तान पारस खड्काले दोस्रो विकेट लिएका छन् । सातौं ओभर बलिङ गर्न आएका पारसले तेस्रो बलमा नेदारल्याण्डसको दोस्रो विकेट लिएका हुन । यस अघि सोमपाल कामीले नेपालका लागि पहिलो विकेट लिएका लिए ।

नेदरल्याण्ड्सको आम्सडर्ममा भएको खेलमा नेदरल्याड्सले टस जितेर व्याटिङ रोजेको थियो ।

नेपालका फास्ट बलर सोमपाल कामीले तेस्रो ओभर बलिङ गर्दै नेदारल्याण्डसको टेर ब्राक पहिलो विकेट झारेका छन् । आज पहिलो पटक एकदिवसीय किक्रेट खेल्दै छ भने नेदरल्याण्डस् चार वर्षपछि एकदिवसीय म्याच खेल्दै छ ।

गएको फागुनमा जिम्बाब्वेमा सम्पन्न विश्वकप छनोट खेल अन्तर्गत पपुवानियुग्यनीलाई पराजित गर्दै नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाएको हो ।

यसअघि नेपाल र नेदरल्याण्डस् पाँच पटक आम्नेसाम्ने भएका थिए । जसमा नेदरल्याण्डस् तीन पटक र नेपाल दुईपटक विजयी भएका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: