Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मेयर विद्यासुन्दर शाक्य जापान प्रस्थान

काठमाडौं, साउन १६ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य जापान प्रस्थान गरेका छन् । उनी त्यहाँ हुने १२ औंँ एशिया प्रशान्त नगर सम्मेलनमा सहभागी जापान गएका हुन ।

संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम, एशिया प्रशान्त क्षेत्रीय कार्यालय र फुकुओवा नगरले फुकुओकामा शुक्रबारसम्म संयुक्त रुपमा आयोजना हुने सम्मेलन ‘दिगो सहर र समुदाय’ विषयमा केन्द्रित हुनेछ । सम्मेलनमा ४० बढी नगरप्रमुखसँगै विश्व बैङ्क, एशिया विकास बैङ्क, जापान अन्तर्राष्ट्रिय सहयोग नियोगलगायत संस्थाको सहभागिता छ ।

प्रमुख शाक्यले सम्मेलनमा जानुअघि अन्तराष्ट्रिय विमानस्थलमा कुरा गर्दै विश्व समुदायको आधुनिक विकासबाट नेपालजस्तो विकासोन्मुख देशले कसरी समृद्धि हासिल गर्न सक्छन् भन्ने विषयमा जानकारी लिन सम्मेलनको ठूलो सहयोग पुग्ने मेयर शाक्यले बताए ।

फुकुओमा शहरकै प्रस्तावमा सन् १९९४ देखि शुरु भएको सो सञ्जालमा अहिले दक्षिण एशियाली १३ देशमा ३० नगर सदस्य छन् । सञ्जाललाई नगरप्रमुखहरुको आपसी सीप र हितको आदानप्रदान तथा प्रवद्र्धन गर्ने अन्तर्राष्ट्रिय थलोका रुपमा प्रयोग गर्ने गरिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: