नेपालको उत्कृष्ट शुरुवात

काठमाडौं, साउन १६ । नेपाल पहिलो एकदिवसीय खेलमा अहिले नेदरल्याण्ड्ससँग खेलिरहेको छ । नेपालले नेदरल्याण्ड्सले दिएको १९० रनको विजय लक्ष्य पछ्याइरहेको छ ।

नेपाल केही बेर अगाडि जवाफी व्याटिङ शुरु गरेको छ । नेपालले राम्रो शुरुवात गरेको छ । नेपालको ओपनिङमा उपकप्तान ज्ञानेन्द्र मल्ल र अनिल साहले व्याटिङ गरिरहेका छन् ।

चार ओभरको खेल सकिदा २७ रन बनाएर नेपाल खेलिरहेको छ । मल्ल र साह दुबैले एक एक चौका प्रहार गरेका छन् । अन्तिम विकेटका रुपमा नेपालका सोमपाल कामीले क्लासेनलाई ११ रनको अवस्थामा क्याचआउट गराएपछि नेदरल्यान्ड ४७.४ बलमा १ ८९ रनमा अलआउट भयो। नेपाललाई नेदरल्याण्ड्सले १९० रनको लक्ष्य विजयी लक्ष्य दिएको हो ।

नेपाली बलरको कसिलो बलिङको अगाडि नेदरल्याण्ड्सका व्याट्सम्यान खलेर खेल्न सकेनन् । कप्तान पारस खड्काले कप्तानी इनिङ खेलेपछि नेपाल नेदरल्याण्ड्सलार्इ मध्यम स्कोरमा रोक्न सफल भएको हो । नेपालका आजको खेलमा सोमपाल कामीले पहिलो र अन्तिम विकेट लिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: