Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

एकदिवसीय क्रिकेटको पहिलो खेलमा नेपालको लज्जाष्पद हार, नेदरल्याण्ड्ससँग ५५ रनले पराजित

काठमाडौं । काठमाडौं, एकदिवसीय क्रिकेटमा नेपालले डेब्यू खेलमा नै हार बेहोरेको छ । नेदरल्याण्डससँग आज भएको खेलमा नेपालको उत्कृष्ट बलिङ रहेपनि हार ब्यहोर्नु परेको हो ।

आजको खेलमा नेपालको ब्याटिङ चल्न सकेन ।

आईसीसीबाट एकदिवसीय राष्ट्रको मान्यता पाएपछि खेलिएको पहिलो खेलमा नेपाल नेदरल्याण्डसंग पराजित भएको हो ।

हारसंगै नेपालले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटको सुरुवात गरेको छ ।

१ सय ९० रनको लक्ष्य पछ्याएको नेपालले ४१ दशमलव ४ अाेभरमा अलआउट हुँदै १३४ रन मात्र बनाउन सक्यो ।

ओपनर ज्ञानेन्द्र मल्लले ५१ र दिपेन्द्र सिंह ऐरीले ३३ रन बनाउनु बाहेक अन्यको प्रर्दशन गतिलो रहेन ।

मल्लले अनिल कुमार साहसंग मिलेर ५८ रनको साझेदारी गर्दै नेपालले गतिलो सुरुवात दिलाएका थिए ।

तर ५८ रनमा पहिलो विकेटको रुपमा शाहलाई गुमाएपछि नेपालको व्याटिङ लाईन धरासायी बनेको थियो ।

शाह २१ रनमा आउट हुदाँ कप्तान पारस खड्काले १२ रन मात्र बनाउन सके ।

आरिफ शेख, बसन्त रेग्मी र सोमपाल कामी शुन्य रनमा पेविलियन फर्किएका थिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ्ग गरेको नेदरल्याण्डले ४७ ओभर ४ बलमा अलआउट हुँदै १८९ रन बनाउन सक्यो ।

नेदरल्याण्डका माइकल रिप्पोनले ५१ रनको अर्धशतकीय पारी खेलेका थिए ।

यस्तै, बास डी लिडले ३०, स्टेफेन माईबर्गले २९, बेन कुपरले २०, स्कोट एडवार्डले १८ रन जोड्दा फ्रेड क्लासेनले ११ रनमा अाउट भएका थिए ।

नेपालका कप्तान पारस खड्काले किफायती बलिङ गरे । पारसले १० ओभर बलिङ गर्दै २६ रन खर्चेर ४ विकेट लिए ।

यस्तै सोमपाल कामीले ३ विकेट लिए । नेपालका सन्दीप लामिछाने, करण केसी र बसन्त रेग्मीले एक एक विकेट लिए ।

गत फेब्रुअरीमा जिम्बावेमा भएको विश्वकप छनोटबाटअन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) बाट एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएपछि नेपालले डेब्यु खेल खेलिरहेको हो ।

छनोटमा एसोसिएटतर्फ उत्कृष्ट तीन टोलीमा रहेर नेपालले ऐतिहासिक सफलता पाएको थियो । चार बर्षको लागि नेपालले पाएको मान्यता यहीँ जुलाईबाट लागु भएको हो ।

नेपालले एसोसियट राष्ट्रको मान्यता पाएको २२ बर्षपछि एकदिवसीय राष्ट्रको मान्यता पाएको हो । सन् १९९६ माएसोसियट राष्ट्रको मान्यता पाएको नेपाल सन् १९८८ मा आईसीसीको सदस्य बनेको थियो ।

नेपालले एकदिवसीय मान्यता पाएपछि नेदरल्याण्डले ऐतिहासिक क्षणको लागि आथित्यमा प्रदान गरेको हो । नेदरल्याण्डविरुद्धको दुई सिरिजपछि  नेपालका भेट्रान स्पिनर शक्ति गौचनले सन्यास लिनेछन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: