Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कर्णालीमा संसदीय दलको नेता छान्न नेकपालाई किन सकस ?

काठमाडौं, साउन १७ । कर्णाली प्रदेशमा नेकपाका शीर्ष नेताबीच मत नमिल्दा संसदीय दलको नेता चयन हुन सकेको खबर आजको नयाँ पत्रिकाले छापेको छ । कर्णालीमा पूर्वएमाले र पूर्वमाओवादीबीच पार्टी एकता भए पनि दलको नेता छनोटमा सहमति बन्न सकेको छैन । दलको नेता को हुने भन्ने विवाद प्रदेशस्तरमा नमिलेपछि केन्द्रमा लबिङ सुरु भएको छ । नयाँ पत्रिकामा खबर ।

नेता यामलाल कँडेल दुई वर्षपछि मुख्यमन्त्री बन्ने योजनासहित अहिले संसदीय दलको नेता बन्न खोजिरहेका छन् । पहिला एमाले र माओवादी केन्दबीच सहमतिमा मुख्यमन्त्री चयन गर्ने वेलामा पनि नेता कँडेलले आलोपालोको कुरा निकालेका थिए । तर, त्यसमा औपचारिक सहमति नभएपछि मुख्यमन्त्रीमा शाहीलाई समर्थन गरेका थिए । कँडेल अहिले नेता जनार्दन शर्मालाई साथ लिएर भावी मुख्यमन्त्रीको प्रयासमा रहेको स्रोतले बताएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: