Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चार अर्बको घिउ बिक्री भएन !

काठमाडौं, साउन १७ । डेरी उद्योगले उत्पादन गरेको करिब चार अर्ब रुपैयाँको घिउ बिक्री नभएपछि उद्योगी चिन्तित भएका छन् । न्यून बिजकीकरण र चोरी पैठारी भएर भारतबाट आयात भएको घिउसँग प्रतिस्पर्धा गर्न नसकेपछि घिउ बिक्री नभएको डेरी सञ्चालकको भनाइ छ।

करिब चार अर्ब रुपैयाँको घीउ बिक्री नभएपछि स्टक रहेको नेपाल डेरी एसोसिएसनले जनाएको छ । घिउ बिक्री नहुँदा किसानलाई दिने भुक्तानी समेत रोकिन थालेको एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले बताए ।

‘चार अर्ब रुपैयाँको घिउ बिक्री नहुँदा किसानको भुक्तानी पनि रोकिएको छ,’ उनले भने,‘भारतबाट रामदेवलगायत विभिन्न ब्रान्डको घिउ निकै सस्तो मूल्यमा आयात भएपछि समस्या आएको हो।’ नागरिकमा खबर छ ।

सापकोटाका अनुसार भारतमै प्रतिकिलो साढे पाँच सय भारु (आठ सय रुपैयाँ) मा बिक्री भैरहेको रामदेवको घिउ नेपालमा आठ सय रुपैयाँमा बिक्री भइरहेको छ । दुग्ध विकास संस्थानसँग मात्र करिब चार लाख किलो बटर स्टक छ । स्वदेशी घिउ मूल्य घटाएर आठ सय रुपैयाँ किलोमा बेच्न सक्ने अवस्थामा नरहेकाले समस्या परेको सापकोटाले बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: