Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कामु प्रधानन्याधीश जोशीको हालत खराब कसरी भयो ?

काठमाडौं, साउन १७ । दुई तिहाई लिएर सरकार चलाइरहेको नेपाल कम्युनिष्ट पार्टीसामु गरेको बाचा पूरा नगर्दा कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई अहिले यो पद पनि निल्नु न ओकल्नु भएको छ ।

एक उच्च समाचार स्रोतका अनुसार वर्तमान सरकारले केही दिनअघि पूर्ववर्ती देउवा सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्नुअघि जोशीसँग सोका विरुद्ध अदालतमा रिट परेमा ती सबै रिटउपर कुनै निर्णय नलिने सहमति भएको थियो तर सरकारले गरेका ती निर्णयविरुद्ध पूर्व सरकारका राजनीतिक नियुक्तिधारीहरू सर्वोच्च अदालत जानेवित्तिकै त्यसउपर देउवा सरकारकै निर्णयलाई नैतिक बल पुग्ने गरी अन्तरिम आदेश जारी भयो । नेपाल समाचारपत्रमा खरब छ ।

‘त्यहीबेलादेखि सरकारसामु जोशीले विश्वास गुमायो र उहाँ अहिले आफ्नै कारण पनि विवादमा मुछिनुभयो’ समाचार स्रोतले भन्यो-खासगरी यसको ‘इनिसियसन’ सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम सरकारका प्रवक्ता गोकुल वास्कोटाले लिनुभएको थियो ।’

कमेन्ट गर्नुहोस्

%d bloggers like this: