‘धडक’ ले कमायो १०० करोड !

एजेन्सी, साउन १७ । ७० करोड भारुमा निर्माण भएको हिन्दी सिनेमा ‘धडक’ले अहिलेसम्म १ सय करोड कमाई गरेको छ । २० जुलाइमा प्रदर्शनमा आएको यो चलचित्रले भारतमा मात्र ६३.३९ करोड भारु कमाइ गरेको छ ।

करण जोहरको निर्माण तथा निर्देशक शशांक खेतानको निर्देशनमा बनेको यस फिल्ममा अभिनेता इशान खट्टर तथा अभिनेत्री जान्ह्वी कपूरको अभिनय रहेको छ। ‘धडक’ फिल्मी घरानाका दुई सन्तानको बलिउड डेब्यू फिल्म पनि हो ।

करण जोहर, हिर्रो यश जोहर र अपूर्व मेहताले निर्माण गरेको फिल्मलाई शशांक खेतानले निर्देशन गरेका हुन् । फिल्म जाहन्वी र इशानका अलावा आदित्य कुमार, खराज मुखर्जी र आशुतोष राणाको पनि मुख्य भूमिका छ ।

कमेन्ट गर्नुहोस्