Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

छक्का पञ्जा ३ को ‘पहिलो नम्बर’मा गीत युट्यब ट्रेन्डिङकाे दोस्रो नम्बरमा !

काठमाडौं, साउन १७ । नेपाली चलचित्र ‘छक्का पन्जा ३’मा समावेश गीत ‘पहिलो नम्बरमा’ युट्युब ट्रेन्डिङको दोस्रो नम्बरमा पुगेको छ । ३० जुलाइमा अपलोड गरिएको उक्त गीत आजसम पुग्दा युट्युव ट्रेन्डिङको दोस्रो नम्बरमा पुगेको हो ।

यो समाचार तयार पार्दासम्म गीतलाई १ लाख ४८ हजार बढि पटक हेरिसकिएको छ । कविराज गहतराजले कोरियोग्राफी गरेको यो गीतको भिडियोलाई आकर्षक लोकेशनमा खिचिएको छ । लोकलयको यो गीतमा दीपक शर्माको संगीत छ । विन्दु परियार र डेभिड शंकरको स्वर रहेको गीतलाई राजेन्द्र थापाले लेखेका हुन् ।

यो गीतमा चलचित्रका सबै कलाकारलाई देख्न सकिन्छ । मुख्य कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दिपिका प्रसाई, प्रियंका कार्की, वुद्दि तामाङलाई गीतमा देख्न सकिन्छ । साथमा, चलचित्रमा विशेष भूमिकामा रहेका नायिकाद्धय स्वस्तिमा खड्का र बर्षा राउतको साथमा निर्देशक दीपाश्री निरौलालाई पनि यो गीतको भिडियोमा हेर्न सकिन्छ ।

गीतको भिडियो र अडियो उत्कृष्ट छ । यसले अघिल्ला चलचित्र ‘छक्का पन्जा र छक्का पन्जा २’को जस्तै चर्चा पाउने कुरामा यसको निर्माणपक्ष ढुक्क छ । दिपाश्री निरौलाले निर्देशन गरेको यो चलचित्रमा दिपा र दीपकको लगानी छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रले कमेडी कथामा सामाजिक सन्देश बोकेको निर्माता दिपकराज गिरीले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: