Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन, साउन १७ । नारायणगढ-मुग्लिन सडकखण्डका दुई ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ४ बजे घुमाउने र जलबिरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

भरतपुर महानगरपालिका-२९ घुमाउनेमा ठूलाठूला ढुंगासहितको पहिरो खस्ने क्रम जारी रहेकाले पन्छाउन समय लाग्ने जनाइएको छ । यता इच्छाकामना गाउँपालिका-६ को जलबिरेमा पहिरोका कारण एकतर्फी मात्र सवारी साधान सञ्चलन गरिएको छ । -रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: