Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मौकामा चौकाः तीज नजिकियो, सुन सस्तियो

काठमाडौं । साताको चौथो दिन बिहीबार नेपाली बजारमा फेरि सुनको मूल्यमा तीन सयले गिरावट आएको छ ।

बुधबार छापावाल सुन प्रतितोला मूल्य ५६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला मूल्य ५६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बुधबार तेजावी सुन प्रतितोला मूल्य ५६ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला मूल्य ५५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, बिहीबार पनि चाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन ।

बुधबार चाँदी प्रतितोला मूल्य ७३५ रुपैयाँमा कारोबार भएको थियो बिहीबार पनि ७३५ रुपैयाँमै कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: