Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

राजनीतिक अस्थिरता फैलाउने उद्देश्यले सांसदलार्इ धम्की : गृहमन्त्री

काठमाडौं, साउन १७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राजनीतिक अस्थिरता फैलाउने उद्धेश्यले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद निरु पाललाई धम्की दिएको बताएका छन् ।

नेकपाका सांसद पाललाई बुधबार राजधानीमा पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिएको बताएकी थिइन् । बिहीबारको संसद बैठकमा सांसदहरुले उक्त घटनाका बारेमा सरकारको जवाफ मागरेपछि गृहमन्त्री बादलले घटना राजनीति भएको बताए । अहिले पनि विभिन्न मुद्दा उठाएर राजनीतिक अस्थिरता फैलाउन खेल भएको भन्दै उनले यसबारे सरकार सचेत रहेको बताए ।

‘अहिले देश विकास र समृद्धिको दिशामा अघि बढिरहेको छ । राजनीतिक स्थायीत्व कायम भएको छ । तर राजनीतिक स्थिरता नचाहनेहरुले अस्थिरता फैलाउन खोजेका छन् । त्यसलाई कुनै न कुनै रुपमा अघि बढाउन चाहन्छन् । सरकार त्यसबारेमा सचेत छ ।’, गृहमन्त्रीले भने ।

अहिले पनि देशमा धार्मिक, साम्प्रदायिक, जातीय, क्षेत्रीय घटना उठाएर र त्यसलाई अतिरञ्जित गरेर राजनीतिक अस्थिरता फैलाउने काम भइरहेको भन्दै गृहमन्त्री थापाले सरकार यसतर्फ सचेत रहेको बताए ।

गृहमन्त्री थापाले घटनाबारे जानकारी हुने वित्तिकै प्रशासनले सांसद पालको सुरक्षाको व्यवस्था गरेको संदनलाई जानकारी गराए । उनले घटनाबारे अनुसन्धान भइरहेको बताउँदै यसबारेमा गम्भीर छानविन हुने बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: