Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदुतको भेट

काठमाडौं, साउन १७ । गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपालका लागि दक्षिण कोरीयाका राजदुत पार्क योङ सिकले बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन् ।

गृहमन्त्रालयमा भएको भेटमा नेपाल–दक्षिण कोरीया द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले पछिल्लो समय दक्षिण कोरिया र उत्तर कोरियाबीच भइरहेको वार्ता र छलफलको स्वागत गर्दै यसले समग्र विश्वमै शन्ति कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले दक्षिण कोरियामा नेपालीहरुलाई रोजगारीको अवसर दिएकोमा राजदुतलाई धन्यवाद व्यक्तगर्दै त्यहाँ कार्यरत नेपालीहरुको सेवा, सुविधा तथा सुरक्षाका विषयमा राजदुतसँग छलफल गरे ।

भेटमा राजदुत सिकले नेपालको प्रवेशाज्ञा प्रक्रिया केही झन्झटिलो रहेको कारण यहाँ कोरियालीहरु लगानी गर्न आउँदा केही समस्या रहेको बताएपछि गृहमन्त्री थापाले त्यसबारे खोजविन गरेर तत्कालै त्यसमा सुधार गरीने जवाफ दिए ।

राजदुत सिकले नेपालमा उर्जा, पर्यटन लगायतका क्षेत्रमा कोरीयाली कम्पनीले लगानी गरीरहेको भन्दै त्यसमा थप लगानी गर्न कोरीया तयार रहेको बताए ।

उनले हाल ३५ हजार नेपाली दक्षिण कोरीयामा कार्यरत रहेको र २० हजारले कार्य अवधी समाप्त गरी नेपाल फर्किसकेको जानकारी दिँदै कोरीयामा कार्यरत नेपालीहरुको हितको विषयमा आफुहरु संवेदनशिल रहेको बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: