Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

वाइसीएल र युवासंघद्वारा निर्मलाका परिवारलाई आर्थिक सहयोग

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवा संगठनले कञ्चनपुरको भीमदत्तनगरमा बलात्कारपछि हत्या गरिएको १३ वर्षीय निर्मला पन्तको परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन् ।

वाइसीएल र युवा संघ कञ्चनपुरले संयुक्त रुपमा २६ हजार एक सय रुपैयाँ आर्थिक सहयोग निर्मलाका परिवारलाई बिहीबार हस्तान्तरण गरेको हो ।

संगठनका नेताहरुले मृतक निर्मलाको परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनीहरुको घटनाको सत्यतथ्य छानबिन गरि दोषी उपर कारवाही र पीडित परिवारलाई न्याय दिन सरकार समक्ष आग्रह जोडदार माग पनि गरेका छन् ।

निर्मलाको गएको साउन १० गते साँझ ट्युसन पढेर घर फर्किने क्रम बलात्कार पछि हत्या भएको परिवारको उजुरीमा जनाइएको छ । उनको शव उखुबारीमा फेला परेको थियो ।

हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको गृहमन्त्रीले बिहीबार संसदलाई जानकारी गराएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: