Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सांसद पाल घटनाः बानेश्वर क्षेत्रबाट शंकास्पद ६५ जना पक्राउ

काठमाडौं । सांसद निरुदेवी पालमाथि भएको घटनाको अनुसन्धान गर्न प्रहरीले काठामाडौंको नयाँ वानेश्वर क्षेत्रबाट शंकास्पद ६५ जनाभन्दा बढी व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएकाहरुलाई महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरमा राखेर अनुसन्धान थालिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताएका छन् । एसएसपी पोखरेलकै नेतृत्वमा खटिएको प्रहरी टोलीले बिहीबार उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

मंगलबार साँझ बानेश्वरमा रहेको ािवास नजिक अज्ञात हतियारधारी समूहले आफ्नो कञ्चटमा पेस्तोल तेस्र्याएर धम्क्याएको सांसद पालले बताएकी छन् ।

बिहिबार बसेको संसद बैठकमा सांसदहरुले पालमाथि भएको घटना दुःखद भएको भन्दै आक्रमणकारीलाई कानुनी कठघरामा ल्याउन र सांसदहरुको सुरक्षाको माग गरेका छन् ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले सांसद पालमाथि भएको आक्रमणको भत्र्सना गर्दै दोषीउपर कार्वाही गर्न सरकार सचेत रहेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: