सरकारको बिरोध गर्दै काङ्ग्रेस जनसम्पर्क समिति मलेशियाले बुझायो दूतावास लाई पत्र

मलेसिया, साउन १६ ।नेेपाली काङ्ग्रेस निकट बिदेश बिभाग संगठन जनसम्पर्क समिति मलेशियाले नेपालमा आफ्नो पार्टीले सरकार विरुद्ध गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउदैै नेपाली राजदुतावास क्वालालम्पुरमा ध्यानाकर्षण पत्र बुझाएको छ।

सरकारको पछिल्लो कार्यक्रम र नीति बारे असन्तुष्टि जनाउदै आलोचनामा उत्रिएको काङ्ग्रेसले आयोजना गरेको श्रावण १५ गतेको बिरोध कार्यक्रम लाइ एक्यवद्धता जनाउदै बिहिवार नेपाली काङ्ग्रेस जनसम्पर्क समिति,मलेशियाले पनि प्रेस-विज्ञप्ति मार्फत नेपाली राजदुतावास क्वालालम्पुर पुगेर ध्यानाकर्षण पत्र बुझाइएको हो।

नेपाल सरकारले आफ्नो अनुकुल कामहरु गर्दै आइरहेकोले जनताको पक्षमा काम गर्न ध्यानाकर्षण पत्र बुझाएको नेपाली काङ्ग्रेस निकट नेपाली जनसम्पर्क समिति मलेशियाका उप-सभापती कमल गौतम र महामन्त्री योगेन्द्र कोइराला द्वारा हस्तक्षरित बिज्ञ्यप्तीमा उल्लेख छ।

विज्ञप्ति पढेर सुनाउदै जनसम्पर्क समितिका महामन्त्री कोइरालाले नेपाली राजदुतावासका कार्यबाहक राजदुत कुमार राज खरेललाइ हस्तान्तरण गरेका छन।भने कार्यक्रममा नेपाली राजदुतावास मलेशियाका कार्यबाहक राजदुत कुमार राज खरेल र नेपाली दूतावासका प्रथम सचीव लक्षमण प्रसाद कोइराला सहभागी भएका थियो।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: