Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौ महानगरमा बेथिती, उपहार किन्न ७५ लाख विनीयोजन !

काठमाडौं । काठमाडौं महानगरपालिकाले विदेशी र स्वदेशी पाहुनाका लागि उपहार किन्न चालू आर्थिक वर्षमा ७५ लाख रुपैयाँ विनीयोजन गरेको छ । कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत (सचिव), अन्य जनप्रतिनिधिहरू विदेश भ्रमण जाँदा र विदेशी पाहुना नेपाल आउँदा किन्नुपर्ने उपहारका लागि उक्त रकम विनीयोजन गरिएको जानकारी दिए ।

उनले विदेशी राष्ट्रध्यक्ष, प्रधानमन्त्री, मन्त्री, उच्च ओहदाका प्रतिनिधि, कुटनितिक नियोगका प्रतिनिधि लगायतका पाहुनालाई उपहार दिने प्रचलन रहेको दावी गरे । नेपाल समाचारपत्रमा खबर छ ।

कामनपाले स्वागत तथा अतिथि सत्कारमा २ करोड २५ लाख, अतिथि सत्कार तथा जलपानमा १ करोड ५० लाख, पुजामा ८ लाख, विविधमा ३ करोड रुपियाँ विनियोजन गरेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: