संसदीय सुनुवाइ समितिको बैठक सुरु, प्रमुख दुई दलका अडान कायमै

काठमाडौं, साउन १८ ।

संसदीय सुनुवाइ समितिको बैठक आज पनि सुरु भएको छ । प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको सुनुवाइबारे निर्णय लिन पटक–पटक स्थगित हुँदै आएको समितिको बैठक भर्खरै सिंहदरबारमा सुरु भएको हो ।

बुधबार बसेको समितिको पछिल्लो बैठकले आजको बैठकले प्रस्तावित प्रधानन्यायाधीश जोशीको सुनुवाईबारे ठोस निर्णय लिने जनाएको थियो । बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्वसम्मति मै प्रस्तावित प्रधानन्यायाधीश जोशीलाई अस्वीकृत गर्न सर्वसम्मत निर्णय गर्ने दाउमा रहेको छ भने प्रमुख प्रतिपक्ष कांग्रेस जोशीलाई नै प्रधानन्यायाधीश बनाउनुपर्ने अडानमा छ ।

प्रमुख दुई दलका फरक–फरक अडानका कारण गत साउन १० मै सुनुवाई सकिएपनि जोशीबारे ठोस निर्णय हुन सकेको छैन ।

जोशीको शैक्षिक योग्यताको प्रमाणपत्र र फैसलामाथि प्रश्न उठेपछि नेकपाले जोशीलाई प्रस्तावित प्रधानन्यायाधीश नबनाउने अडान लिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: