नेपाल र नेदरल्याण्डबीचको खेल शुरु [LIVE]

काठमाडौं, साउन १८ । नेपाल र नेदरल्याण्ड्सबीच भइरहेको अन्तिम एक दिवसीय खेल सुरु भएको छ । खेल नेदरल्याण्ड्सको भिआरए मैदानमा भइरहेको छ । आज नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको छ । दोस्रो खेलमा शक्ति गौचन र करण केसी प्लेइङ ११ मा परेका छैनन् ।

साथै, पहिलो खेलमा घाइते भएका शरद भेषावकर पनि शुक्रबारको खेलमा छैनन् । सुवास खकुरेल, ललित भण्डारी र रोहितकुमार पौडेलले प्लेइङ ११ मा स्थान पाएका छन् । नेदरल्याण्ड्सको टिममा भने कुनै परिवर्तन भएको छैन ।

बुधबार भएको पहिलो खेलमा नेपाल ५५ रनले पराजित भएको थियो । पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सलाई नेपालले १ सय ८९ रनमै अलआउट गरेको थियो। जवाफमा ब्याटिङ गरेको नेपालका लागि ज्ञानेन्द्र मल्लले ५१ र अनिलकुमार साहले २१ रन जोडेर पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए। तर ब्याटिङमा जमेका रिप्पोन बलिङमा पनि उत्कृष्ट प्रदर्शन बन्दा नेपालको ब्याटिङ लाइन खराब रह्यो ।

घाइते भएका मध्यक्रमका ब्याट्सम्यान शरद भेशवाकरले आजको खेल गुमाएका छन् । उनको स्थानमा रोहितकुमार पौडेलले मौका पाएका छन् । लाइभ खेल हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्

%d bloggers like this: