प्रधानन्यायाधीशमा जोशी अस्वीकृत

काठमाडौं, साउन १८ । प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ । समितिको आजको बैठकले जोशीको नाम अस्वीकृत गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । नेपालको संसदीय सुनुवाइको इतिहासमा प्रधानन्यायाधीश सिफारिश भएको व्यक्ति समितिबाट अस्वीकृत भएको यो पहिलो घटना हो।

सुनुवाइ भएको ८ दिनपछि शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले मतदानमार्फत् जोशीलाई अस्वीकृत गर्ने निर्णय गरेको हो। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गरेको मतदानमा जोशीलाई अस्वीकृत गर्नेमा दुई तिहाइ सदस्यले मतदान गरेका थिए। उनीहरू सबै सत्तारूढ दल नेकपा र संघीय समाजवादी फोरमका सांसद हुन्।

नेकपा सांसद योगेश भट्टराईले जोशीलाई अस्वीकृत गर्नुका पछाडि केही महत्वपूर्ण कारणहरू रहेको बताए। भट्टराईले जोशीलाई अस्वीकृत गर्नुको अर्को कारण उनको शैक्षिक प्रमाणपत्र र जन्म मिति पनि सन्देहात्मक भएको बताए। भट्टराईले सुनुवाइका क्रममा जोशीले आगामी दिनमा काम गर्न सक्ने दृष्टान्त पेस गर्न नसक्नु अर्को कारण रहेको बताए।

कमेन्ट गर्नुहोस्