Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपालको खराब प्रदर्शन, पाँचौ विकेट गुम्यो [LIVE]

काठमाडौं, साउन १८ । नेदरल्याण्डविरुद्ध भइरहेको दोस्रो एकदिवसीय खेलमा नेपालले खराब प्रदर्शन गरिरहेको छ । यो समाचार तयार पार्दासम्म नेपालले ५ किकेट गुमाएको छ । भर्खरै रोशित कुमार पौडेल आउट भएका छन् । उनी ६ रन बनाएर आउट भएका हुन् । यसअघि चौथो विकेटका रुपमा दिपेन्द्र सिंह ऐरी रन आउट भएका थिए । उनी १९ रन बनाएर रन आउट भएका हुन् । यसअघि पहिलो विकेटको रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल आउट भएका थिए । १३ रन बनाउँदै ओपनिङ ब्याटसम्यान मल्ल आउट भएका हुन् । २४ बल खेल्द १३ रन बनाएका थिए । उनले २ चौकाकाे मद्दतमा १३ रन बनाएका थिए ।

त्यस्तै दोस्रो विकेटको रुपमा अनिल शाह आउट भएका थिए । उनी ४ रनमै आउट भएका हुन् । तेस्रो विकेटका रुपमा सुवास खकुरेल आउट भएका छन् । उनी १९ रन आउट भएका छन् । तेस्रो विकेटका रुपमा सुवास खकुरेल आउट भएका छन् । उनी १९ रन आउट भएका छन् । अहिले ब्याटिङमा कप्तान पारस खड्का र अारिफ शेख रहेका छन् । लाइभ हेर्न यहाँ क्लिक गर्नुस्

आज नेदरल्याड्सँग भइरहेको दोस्रो एकदिवसीय खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको थियो । पहिलो खेलमा ५५ रनले पराजित भएको खेलमा आज नेपाल अन्तिम खेल जित्ने लक्ष्यकासाथ मैदान उत्रिएको छ । आजको खेलमा नेपालको टोलीमा शक्ति गौचन, करण केसी र शरद भेशवाकर छैनन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: