Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सोमपालले पूरा गरे ३८ बलमा अर्धशतक

काठमाडौं, साउन १८ । नेदरल्याण्डबिरूद्ध पहिलो पटक एकदिवसीय खेलमा सोमपाल कामीले अर्धशतक प्रहार गरेका छन् । उनले ३८ बलमा अर्धशतक पूरा गरेका हुन् । पहिले ब्याटिङ गरेको नेपालले यो समाचार तयार पार्दासम्म आठौं विकेट गुमाएको छ। आठौं विकेटका रुपमा आरिफ शेख आउट भएका छन्। ४६ बल खेलेका उनलाई सिलारले आउट गरे।

यसअघि नेपालका लागि अर्धसतक बनाएका कप्तान पारस खड्का ५१ रन बनाएर आउट भए। ३०.६ ओभरमा खड्का सिलारको बलमा आउट भए। ६९ बल खेलेका खड्काले २ छक्का र ६ चौका प्रहार गरेका थिए। उनको यो एकदिवसीयमा पहिलो अर्धसतक र सर्वाधिक रन हो।

यसअघि १९.५ ओभरमा पाँचौ विकेटमा रूपमा रोहित कुमार पौडेल आउट भएका हुन्। उनले १५ बल खेल्दै १ चौकासहित ६ रन बनाएर आउट भए। यसअघि १५औं ओभरको पाँचौ बलमा दीपेन्द्र सिंह ऐरी रन आउट भएका थिए। रिपोनको बलमा आउट हुनुअघि ऐरीले १७ बलमा ३ चौकासहित १९ रन बनाए।

यसअघि १२औं ओभरको पहिलो बलमा फ्रेड कासेनको बलमा खकुरेल बोल्ड आउट भएका हुन्। ३३ बल खेलेका खकुरेलले तीन चौका सहित १९ रन बनाएका थिए। यसअघि नेपालले एकै ओभरमा २ विकेट गुमाएको थियो।

उपकप्तान ज्ञानेन्द्र मल्ल ७.३ ओभरमा फ्रेड कासेनको बलमा आउट भए भने ७.६ ओभरमा ज्ञानेन्द्रलाई रिप्लेस गरेका अनिल साह आउट भए। २४ बल खेलेका उनले २ चौकासहित १३ रन बनाएका थिए। यसअघि पहिलो खेलमा अर्धसतीय पारी खेलेका मल्लले आज सुरूमै आउट भएका हुन्। यस्तै पहिलो अलिल कुमार साह ३ बल खेल्दै ४ रन बनाएर आउट भए।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: