Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अफगानिस्तानको एउटा मस्जिदमा आत्मघाती आक्रमण, कम्तिमा २० को मृत्यु

काबुल, असार १८। अफगानिस्तानको एउटा अल्पसंख्यक सिया मुसलमानहरूको मस्जिदमा भएको आत्मघाती आक्रमणमा कम्तिमा पनि २० जनाको ज्यान गएको छ भने ६० जना भन्दा बढी घाइते भएका छन्।

उक्त मस्जिद पक्तिया प्रान्त अन्तर्गत गार्देज सहरमा रहेको छ। स्थानीय प्रहरीका अनुसार शुक्रबार दिउँसोको प्रार्थनालगत्तै उक्त आक्रमण भएको हो।  पक्तिया प्रान्तका प्रहरी प्रमुख जनरल रज मोहम्मद मन्जोडोजाईले एएफपीलाई दिएको जानकारी अनुसार’ “एकैपटक धेरै आक्रमणकारीहरू मस्जिदभित्र प्रवेश गरे र एकै पल्ट थुप्रै विस्फोट गरे।” विस्फोटमा सबै आक्रमणकारिहरू समेत मारिएको पुष्टि भएको छ।

हालसम्म कुनै पनि संगठनले यस आक्रमणको जिम्मेवारी लिएको छैन। बिबिसीका अनुसार चरमपन्थी संगठन इस्लामिक स्टेटले यसअघि पनि यस क्षेत्रमा अल्पसंख्यक सिया मुसलमानहरूमाथि आक्रमण गरेको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: