विद्यार्थी भर्नामा चर्को शुल्क लिएको बिरोधमा जिल्ला प्रमुख लाई ज्ञापनपत्र

काठमाडौ ,साउन १८ ।विद्यार्थी भर्नामा निजि तथा सरकारी बिध्यालयले मनलाग्दी शुल्क लिएको बिरोधमा दुई विद्यार्थी सङ्ठनले त्यसको बिरोध गर्दै कारबाहीको माग गरेका छन।

सुस्ता पुर्ब नवलपरासी जिल्लाका विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियु दुई संगठनले शुक्रबार जिल्ला प्रशासन अधिकृत दिपक राज नेपाललाइ प्याप्सन र सरकारी बिध्यालयले चर्को भर्ना शुल्क लिएको जानकारी गराउदै त्यसको बिरोधमा सदरमुकाम कावसोती पुगेर जिल्ला प्रशासन अधिकृत लाई ध्यानाकर्षण गराउदै त्यस्ता बिध्यालयलाइ कार्बाही गर्न माग गरेका हुन।

याे पनि पढ्नुस  ‘गो ब्याक इन्डिया’ भन्दै अनेरास्ववियुद्वारा प्रदर्शन

निजी तथा सरकारी विद्यालयमा शिक्षालाई व्यापारीकरण गरि विद्यार्थीहरू बाट मनपरी ढंगले शुल्क उठाइएको र शिक्षा नियमावली कार्यान्वयन नगरीएको बिषय सहित नवलपुर जिल्ला प्रमुख दीपक राज नेपाल लाई अखिल(क्रान्तिकारी) र अनेरास्ववियु द्धारा संयुक्त रूपमा ज्ञापन पत्र बुझाएका छन।

ज्ञापन पत्र बुझाउदै त्यस्ता बिध्यालयलाइ राज्य प्रशासनले कार्बाही नगरे बिध्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन । उक्त ज्ञापन पत्र बुझाउन नेकपाका युवा नेता बि बि खराल ,विद्यार्थी केन्द्रिय सदस्य हरि सिग्देल,अनेरास्ववियु अध्यक्ष ठाकुर पराजुली अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष ईश्वर गैरे ,जिल्ला इन्चार्ज हेमराज दाहल ,विद्यार्थी नेता दिनेश केसि र नवीन पाठकको उपस्थिति रहेको रहेकोे थियो।
ज्ञापनपत्र बुझ्दै नवलपुर जिल्ला प्रमुख दिपक राज नेपालले बिद्यार्थी सङ्ठनले उठाएका विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउदै ती विषयमा तत्काल छानबिन गरिने र गलत पाइएमा आबस्यक कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन ।

याे पनि पढ्नुस  ‘अनेरास्ववियुको एकीकरणप्रति असन्तुष्ट विद्यार्थीको माग सम्बोधन हुन्छ’

कमेन्ट गर्नुहोस्