एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको ऐतिहासिक जीत, रोमाञ्चक खेलमा नेदरल्याण्ड्स पराजित

 

पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेको नेपालले नेदरल्याण्ड्ससँग हारको बदला लिएको छ ।

एकदिवसीय खेलको पहिलो खेलमा नेदरल्याण्ड्ससँग हारेको नेपालले दोश्रो खेलमा भने नेदरल्याण्ड्सलाई पराजित गरेको हो ।

टस जितेर ब्याटिङ गरेको नेपालले ४८.५ ओभरमा २१६ रनको स्कोर नेदरल्याण्ड्ससामु राखेको थियो । निकै रोमाञ्चक खेलमा नेदरल्याण्ड्सले भने ५० ओभर खेल्दै रन २१५ रन बटुल्यो ।

नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा ४९ ओभरको समाप्तिसम्म ६ बलमा ६ रन बनाउन मात्र बाँकी रहेको बेला नियमित बलर पठाउनुको सट्टा कप्तान पारसले आफैं बलिङ गर्ने निर्णय गरे ।

अन्तिम ओभरको अन्तिम बल,जीतका लागि २ रन आवश्यक र एक रन मात्र आए टाइ । क्रीजमा फ्रेड क्लासेन ! पारसको बललाई क्लासेनले सोझै ड्रिल गरे, स्ट्रेट बलरको दिशामा र रन लिन खोजे खडकाले चुकेनन् र बल समातेर स्टम्प  उखेलिदिए ।

याे पनि पढ्नुस  टी–२० क्रिकेट सिरिजः नेदरल्याण्ड्सविरुद्ध नेपालको सम्भावित प्लेइङ ११

अंतिम ओभरमा रोमांचपूर्ण रहेको म्याच आफ्नो पक्षमा पारेसँगै नेपालले एकदिवसीय अंतर्राष्ट्रिय क्रिकेटको डेब्यू श्रृंखला बराबरीमा टुङ्ग्याएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८.८ ओभरमा अल आउट हुँदै २१७ रनको लक्ष्य दिएको थियो । नेपालका लागि कप्तान पारस खड्का र सोमपाल कामीले अर्धशतक प्रहार गरेका थिए ।

यो नेदरल्याण्डस विरुद्ध नेपालको दोस्रो ठुलो स्कोर हो। यस अघि २०१६ मा नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय १७ रन बनाएको थियो। विश्व लीग क्रिकेट च्याम्पियनसिप अंतर्गत नेदरल्याण्डसमा भएको उक्त खेलमा नेपालले पहिले ब्याटिङ्ग गर्दै उक्त योगफल तयार पारेको थियो।

याे पनि पढ्नुस  नेपालले गुमायो छैठौं विकेट, २७ ओभरमा मात्र १०४ रन, लक्ष्य १९०

नेपालका तर्फबाट सोमपाल कामीले सर्वाधिक रन बटुले । उनले ४६ बलमा ६१ रन बनाए भने कप्तान पारस खडकाले ६९ बलमा ५१ रन बनाएका थिए । यसैगरी दीपेन्द्र ऐरीले १७ बलमा १८ रन, आरिफ शेखले ४ बलमा ४ रन, आर के पौडेलले १५ बलमा ६ रन, सन्दीप लामिछानेले २२ बलमा ८ रनको योगदान दिएका थिए । ललित भण्डारीले ९ बलको सामना गर्दै ४ रन जोडे ।

जवाफी प्रतिपष्र्धामा उत्रिएको नेदरल्याण्डसले पहिलो ओभरमा नै ठूलो झटका बेहोर्नु पर्यो । नेपालका तर्फबाट पहिलो ओभरमा ब्याटिङ गरेका सोमपाल कामीले पहिलो ओभरको दोश्रो बलमा पहिलो विकेट खोस्न सफल भए ।

याे पनि पढ्नुस  संकटमा नेपाली टीम, २५ ओभरमा ५ विकेट लियो नेदरल्याण्डले, जीत मुश्किल

त्यसपछि अर्को विकेट ललित भण्डारीले लिए । २८ औं ओभरमा नेदरल्याण्डका टर ब्राक र डे लीडेको विकेट सन्दीप लामिछानेले लिएपछि नेदरल्याण्ड्सको टीम धर्मराएको थियो ।

त्यसपछि भने बसन्त रेग्मीले एक विकेट, ललित भण्डारीले दुई, पारस खडकाले एक विकेट लिएका थिए । ४२ औं ओभरमा सन्दीप लामिछानेले नवौं र ४९ ओभरको अन्तिम बलमा पारस खडकाले अन्तिम विकेट लिएपछि नेदरल्याण्डसको टीमले जबर्जस्त हार बेहोर्नुपर्यो ।

कमेन्ट गर्नुहोस्