अब धूवाँ फ्याँक्ने सवारीमाथि प्रतिबन्ध

काठमाडौं, साउन १९ । भदौ १ गतेदेखि सरकारले आगामी धूवाँ फ्याँक्ने सवारी साधन सञ्चालनमा रोक लगाउने भएको छ । सवारी साधनबाट निस्कने धूँवाको प्रदूषणबाट मानव स्वास्थ्यमा नै असर गर्नुका साथै वातावरण समेत प्रभाव पर्ने भएकाले धूवाँ फ्याँक्ने सवारी साधन सञ्चालनमा रोक लगाउन लागेको हो । नेपाल समाचारपत्रमा खबर छ ।

सरकारले काठमाडौं उपत्यका, सबै महानगरपालिका र उपमहानगरपालिका भित्र सवारीसाधन चेकजाँच गराई हरियो स्टिकर प्राप्त सवारी साधनले मात्र सञ्चालनको अनुमति पाउने भएका छन् ।

कमेन्ट गर्नुहोस्