Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

घुमाउनेमा ठूलो पहिरो, नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन, साउन १९ । पहिरो जादा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्डको घुमाउने भन्ने ठाउँमा आज (शनिबार) बिहान साढे ६ बजेतिर ठूलो पहिरो गएकाले बाटो अवरुद्ध भएको हो ।

लगातार पानी परेको तथा पहिरो झर्ने क्रम नरोकिएकाले बाटो खुलाउने प्रयासमा समस्या भएको नारायणगढ-मुग्लिन सडक आयोजनाका सिनियर डिभिजनल इन्जिनियर गोविन्द खनालले जानकारी दिए । पहिरो हटाएर बाटो खुलाउन समय लाग्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

निर्माणाधीन यो सडकखण्डमा पानी परेपछि प्राय पहिरो जाने गरेको छ । ट्राफिक प्रहरीले पहिरोका कारण बाटो अवरुद्ध भएकाले तत्कालका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह पनि गरेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: