Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पौडी खेल्ने क्रममा मस्र्याङ्दीमा २ जना बेपत्ता , एकको उद्धार

लमजुङ, साउन १९ । मस्र्याङ्दीमा पौडी खेल्ने क्रममा नदीले दुई जनालाई बगाएको छ । बेसीशहर-१ स्थित मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको बाँधबाट बनेको तलाउमा पौडी खेल्ने क्रममा दुई जनालाई बगाएको हो ।

बेसीशहर-८ मकैडाँडाका १४ वर्षीय योगेन्द्र रिमाल र १५ वर्षीय अजित थापालाई नदीले बगाएको हो । बगाएर बेपत्ता भएकाहरुलाई प्रहरी र सेनाले खोजी गरिरहेको प्रहरी निरीक्षक वसन्त पाण्डेले जानकारी दिए ।
पौडी खेल्न गएका तीन जनामध्ये एक जनाको उद्धार भएको हो । करीब ४५ मिनेट पानीमा पौडिरहेका मकैडाँडाकै प्रतीक रिमाललाई नेपाली सेना, प्रहरी र स्थानीयवासीले उद्धार गरेका हुन् ।

आजकै दिन बेसीशहर–१ मा रहेको गाईखुरे झरना र सँगै रहेको मध्यमस्र्याङ्दीको बाँधबाट बनेको तलाउमा नुहाउने तथा पौडी खेल्नेहरुको भीड लाग्ने गर्दछ । नदीमा तीव्र छाल र धमिलो पानी भएकाले हराएकालाई भेट्टाउन कठिन भएको प्रहरीले जनाएको छ । -रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: