Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

फेरि घुमाउनेमा पहिरो खस्यो, मुग्लिन सडक ठप्प

चितवन, साउन २० । फेरि चितवनको भरतपुर महानगरपालिका-२९ घुमाउनेमा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । पहिरो खसेपछि गएराति १०ः२५ बजेबाट सडक अवरुद्ध भएको हो ।
पहिरो खसिरहेकाले रातको समयमा सफा गर्न नसकिएको भए पनि बिहानबाट पहिरो पन्छाउने काम सुरु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सो ठाउँमा केही दिनयता ढुंगा खस्ने समस्या आएको छ ।

सोही ठाउँमा शनिबार पहिरो खसेर चार घण्टा सडक अवरुद्ध भएको थियो । सडकको जलबिरेमा पनि पहिरो खसेपछि शनिबार सडक अवरुद्ध बनेको थियो । तीन दिनदेखि परेको वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेपछि यात्रुले दुःख पाएका छन् । -रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: