Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

जाजरकोटमा पहिरोले घर पुरिदा ३ बालबालिकाको मृत्यु [अपडेट]

जाजरकोट, साउन २० । जाजरकोटमा पहिरोले घर पुरिदा ३ बालवालिकाको मृत्यु भएको । जिल्लाको भेरी नगरपालिका- ३ ठाँटीबजारदेखि पानी नाउँला जाने सडकमा नजिक पर्ने २ घर पहिरोले पुरिदा ३ बालबालिकाको मृत्यु भएको हो । मृतकको नाम भने खुल्न सकेको छैन। अबिरल वर्षाका कारण गएराति ठाँटीबजार नजिकै पहिरो गएको हो।

पहिरोमा परी तिर्थ बोहोरा र गोपाल सुनारको घर पुरिएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक इन्द्रजित सुनारका अनुसार बोहोराको घरमा पुरिएका तीन बालबालिकाको शव बाहिर निकालिएको हो। अझै एक जना पुरिएको अवस्थामा उद्धार भइरहेको छ।

यस्तै सुनार घरमा पनि तीन जना बालबालिका पुरिएको हुनसक्ने प्रहरी निरिक्षक सुनारले जानकारी दिए । घटनास्थलमा उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली खटिइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: