Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

जाजरकाेट पहिराे : ५ जनाकाे मृत्यु, ४ जना अझै बेपत्ता [अपडेट]

जाजरकोट, साउन २० । जाजरकाेटकाे पहिराे परी पाँच जनाकाे ज्यान गएकाे छ । चार जना अझै बेपत्ता छन् ।  जिल्लाको भेरी नगरपालिका-३ ठाँटीबजार नजिक पहिरो जाँदा तीर्थ बोहरा र गोपाल सुनारको घर पहिरोले पुरिएकाे छ ।

दुर्इ वटा घर पहिराेले पुरिदा तीर्थ बोहराको घरमा डेरा गरी बस्ने भेरी नगरपालिका ६ गंगटियाका खड्गबहादुर लुहारकी श्रीमती २५ वर्षीया शिततला लुहार, उनका छोरीहरु ९ वर्षीया भावना परियार, ६ वर्षीया रञ्जना परियार र ३ वर्षीया मनिसा परियारकाे मृत्यु भएकाे छ ।

यस्तै घरमूली बाेहाेराकी ७ वर्षाीया छाेरीकाे पनि पहिराेमा परि मृत्यु भएकाे प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । अहिले घटनास्थलमा सेना, प्रहरी, सशस्त्र प्रहरीको सक्रियतामा उद्धारकार्य जारी रहेको छ ।

जीवितै उद्धार गरिएका लुहारको जाजरकोट अस्पतालमा उपचार भैरहेको छ । छाती, टाउको र खुट्टामा चोट लागेका खड्गबहादुरको अवस्था गम्भीर रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: