Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

रोकिएन टिपर आतंक : टिपरको ठक्करबाट हेटाैँडामा एकको मृत्यु

हेटौंडा, साउन २० ।

हेटौँडामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकलमा सवार एक महिला घाइते भएकी छन् ।

आइतबार कान्ति लोकपथअन्तर्गत हेटौँडा–१७ गैरीगाउँमा ना ७ ख ७२२३ नम्बरको टिपरले बा ४२ प ७०७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

टिपरकाे ठक्करबाट स्थानीय २६ वर्षीय टंक न्यौपानेकाे मृत्यु भएकाेजिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । उनको उपचारका क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको छ । घाइते महिला सरिताको सोही अस्पतालमा उपचार भइरेहेको बताइएको छ । टिपर चालक भने फरार छन् ।

[समाचारमा प्रयाेग भएकाे तस्बिर फाइल तस्बिर हाे ]

कमेन्ट गर्नुहोस्

%d bloggers like this: