Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रधानमन्त्री ओलीका प्रमुख सुरक्षा गार्डमा हेरफेर

काठमाडौं, साउन २० ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सुरक्षा गार्ड फेरिएका छन्। प्रधानमन्त्रीको सुरक्षा गार्डका रुपमा रहेका प्रहरी नायव उपरीक्षक (डिएसपी) सानुराम भट्टराई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएपछि नयाँ बडिगार्ड खटिएका हुन् ।

अब प्रधानमन्त्रीको सुरक्षा डिएसपी राजन लिम्बुले गर्नेछन् । डिएसपी लिम्बु यसअघि प्रहरी प्रधान कार्यालय नक्सालमा रहेको सुरक्षा निर्देशनालयमा कार्यरत थिए।

यसअघिका सुरक्षागार्ड डिएसपी भट्टराई एसपीमा बढुवा भई केन्द्रीय अनुसन्धान व्यूरोमा सरुवा भएका छन् । लिम्बु यसअघि तत्कालीन सभामुख सुवास नेम्वाङको सुरक्षामा खटिएका थिए। प्रधानमन्त्री ओलीको सुरक्षाका लागि डिएसपीको नेतृत्वमा १० जना प्रहरी खटिएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: