Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रहरीले फेला पाऱ्यो गङ्गामायाका जेठा छोरा, ६ वर्षदेखि थिए ‘बेपत्ता’

काठमाडौं। कान्छा छोराको ‘हत्यारा’लाई कारवाहीको माग गर्दै आमरण अनशनमा बस्दै आएकी गोरखा फुजेलकी गंगागामाया अधिकारीका बेपत्ता रहेका जेठा छोरा नुरप्रसाद अधिकारीलाई महानगरीय प्रहरीले राजधानीमा फेला पारेको छ ।

नुरप्रसाद अधिकारी दम्पत्ति अनसनमै रहेका बेला २०७० मा बेपत्ता भएका थिए ।आइतबार जिल्ला अदालत चितवनमा कृष्णप्रसाद हत्या सम्बंधी मुद्दाको पेसी भएको छ ।

नुरप्रसाद बुवा नन्दप्रसाद अधिकारीको मृत्यु हुँदा समेत सम्पर्कमा आएका थिएनन् । नन्दप्रसादको अनसनमै रहेका बेला २०७१ असोज ६ गते मृत्यु भएको थियो ।
प्रहरीका अनुसार नुरप्रतापलाई प्रहरीले कुनै आरोपमा पक्राउ गरेको नभई आमा गङ्गामायाको अनुरोधमा खोजेको हो ।

सानेपामा फेला परेका उनी विगत ६ वर्षदेखि परिवार र आफन्तको सम्पर्कमा थिएनन् । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहले उनलाई हाल वीर अस्पतालमा रहेकी आमा गङ्गामायालाई जिम्मा लगाइने जानकारी दिए ।

सशस्त्र द्वन्द्वका बेला मारिएका कृष्ण अधिकारीका विषयमा चितवन जिल्ला न्यायाधीस कुलप्रसाद शर्माको इजलासमा आज सुनुवाइ सुरू भएको छ। गोरखा फुजेलबाट चितवन रत्ननगरमा हजुरबुबा हजुरआमा भेट्न आएका कृष्ण अधिकारीको ६१ साल जेठ २४ मा अपहरणपछि हत्या भएको थियो। जसको तत्कालीन विद्रोही माओवादीले जिम्मा लिएको थियो।

यो घटनाविरूद्ध चितवन जिल्ला अदालतमा २०७० सालको चैत्रमा १३ जनाविरूद्ध मुद्दा दायर भएको थियो। मुद्दामा माओवादीका नेताहरूलाई नभएर अधिकांश छिमेकी र आफन्तलाई अभियोग लगाइएको छ।

यो घटनाका विषयमा मृतक कृष्णका बुबा नन्दप्रसाद र दाजु नुरप्रसादले घटना पछि चितवन प्रहरीमा उजुरी दिएका थिए। तर लामो समय छानबिन भएन। बाबु नन्दप्रसाद र आमा गंगामायाले अनसन सुरू गरेपछि ७० सालको साउन अन्तिमबाट अनुसन्धान सुरू भएर चैत्र अन्तिममा मुद्दा दायर भएको थियो। अनसनका क्रममा नै बाबु नन्दप्रसादको निधन भएको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: