४० किलो सुपारीसहित एकजना पक्राउ

सुनसरी, साउन २१ । जिल्ला प्रहरी कार्यालय सुनसरीले ४० किलो अवैध सुपारीसहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको देवानगञ्ज गाउँपालिका-४ स्थित हनुमान मन्दिर नजिकबाट नेपालबाट भारततर्फ बा ३९ प १९७५ नम्बरको मोटरसाइकलमा अवैधरुपमा लगिरहेको अवस्थामा सुपारीसहित प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको हो ।

नेपालबाट भारततर्फ सुपारी तस्करी भइरहेको छ भने खबरको आधारमा ४० किलो सुपारीसहित देवानगञ्ज-१ का २३ वर्षीय सन्तोषकुमार मेहतालाई पक्राउ गरिएको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । पक्राउ परेका सुपारी, मोटरसाइकल आवश्यक कारवाहीका लागि सुनसरी भन्सार कार्यालय कोशी ब्यारेज सेतुबन्ध बुझाइएको प्रहरीले जनाएको छ । -रासस

कमेन्ट गर्नुहोस्