Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अर्थमन्त्री खतिवडालाई बुझाए ज्ञापनपत्र

काठमाडौं, साउन २१ । कतारमा रहेका नेपाली संगठन र अर्थमन्त्री डा. युवराज खतिवडाबीच प्रवासी नेपालीहरुका समस्याका बारेमा छलफल भएको छ । अमेरिका जाने क्रममा दोहा विमानस्थको ट्रान्जिटमा अर्थमन्त्रीसँग भेट गरि नेपाली संगठनका प्रतिनिधिहरुले अर्थमन्त्री समक्ष सात बुदें ज्ञापनपत्र राखे ।

जनप्रगतिशिल मञ्ज पाँचौ महाधिवेशन समितिका संयोजक रकमध्वज राई र नेपाली प्रवासी मञ्च कतारका अध्यक्ष चाणक पोखरेलले अर्थमन्त्री खतिवडासँग भेट गरेका थिए । अर्थमन्त्री खतिवडा समक्ष राखेका मागहरु यस्ता छन्-

१. कामदार आपूर्तिको लागि जि टु जि, दुई देशका सरकारमा जोड दिने

२. प्रबासी नेपालीहरुको थोरै लगानीको लागि सरकारले भरपर्दो उर्जा क्षेत्रको पहिचान गरि शुरु गर्ने

३. दोहामा नेपाली समुदायको लागि सामूहिक नेपाल हाउसको पहल गर्ने

४. दोहा दूतावासमा हाल कायम रहेको दुई जना पि आर ओ मध्य एकजना अस्थायी भएकोले हरेक आर्थिक बर्षमा नया नवीकरण गरिराख्नु पर्ने समस्यालाई मध्यनजर गर्दै स्थायी प्रकृतिको बन्दोबस्त गर्न पहल गर्ने ।

५. कामदारको ब्यक्तिगत कागज प्रमाणित शुल्क घटाउनु पर्ने ।

६. दूतावासमा हाल कायम रहेको गाडीको सख्या अपुग भएकोले सो सम्बन्धमा ध्यानाकर्षण गराएको ।

७. कोमामा रहेका नेपाली बिरामी हरुलाइ नेपालमा उपचारको लागि नेपालमै सुबिधा सम्पन्न अस्पताल बनाउन र नेपाली बिद्यार्थीहरुलाइ कतारको स्वास्थ्य शिक्षणमा छात्रवृत्तिको लागि पहल गर्ने ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: