हनुमन्ते खोलाले बगाउँदा एक किशोरको मृत्यु

भक्तपुर, साउन २१ । हनुमन्ते खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । आइतबार रातिदेखि परेको पानीले हनुमन्ते खोलामा बाढीले बगाएर १६ वर्षीय किशोरको मृत्यु भएको हो । उनको पहिचान खुल्न सकेको छैन ।

उनको शवलाई भक्तपुरको सल्लाघारीस्थित युवामुरा अस्पताल नजिकैबाट निकालिएको महानगरीय प्रहरी परिसर भक्तपुर प्रहरीले जनाएको छ । बाढीका कारण मध्यपुरथिमि नगरपालिका–९ राधे राधे क्षेत्रको सिंगो बस्ती र भक्तपुर नगरपालिकाa–१ सल्लाघारी क्षेत्रको नयाँ बस्ती डुबानमा परेको छ ।

भारी वर्षाका कारण ढुङ्ग्रे खोला, खस्याङ खुसुङ खोला हुँदै हनुमन्ते खोलामा बाढी आएर पानीको बहाव जमीन सतहभन्दा माथि आएपछि बस्ती डुबानमा परेको हो । राधे राधे क्षेत्रका करीब ७० घर डुबानमा परेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: