Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अपहरित बालककाे हत्या, प्रहरी इन्काउण्टरबाट दुई अपहरणकारीको मृत्यु

भक्तपुर, साउन २१ । भक्तपुरको सुर्यविनायक ८ मा प्रहरी इन्काउण्टरमा दुई जना अपहरणकारी मारिएका छन् । काठमाडौंको काँडाघारीबाट आइतबार साँझ हराएका निशान खड्काको शव ठिमीमा फेला पारेको छ । बालककाे हत्यापछि प्रहरीले अपहरणकारीकाे खाेजी कार्यलार्इ तीब्र पारेकाे थियाे ।

सुर्यविनायक ८ भक्तपुरको जंगलमा अपहरणकारी फेला परेको र प्रहरी देखेर आक्रमण गरेपछि जवाफी कारवाहीमा दुवै मारिएको महाशाखाका प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले बताए ।

गोपाल तामाङ र अजय तामाङको इन्काउन्टरबाट मृत्यु भएको प्रहरीले बताएको छ । अपहरणकारीको साथबाट एक थान पेस्तोल, दुई राउण्ड गोली र फिरौती माग्न प्रयोग भएको मोबाइल बरामद गरिएको उप्रेतीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: