Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अमेरिकाद्वारा फेरि इरानमाथि प्रतिवन्ध

एजेन्सी, साउन २२ । अमेरिकाले आज (मंगलबार) देखि लागू हुनेगरी इरानमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले इरानको अटो मोबाइल क्षेत्रसँगै बहुमूल्य धातु र सुनको व्यापारमा प्रतिबन्ध लगाएको हो ।

प्रतिवन्ध पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आर्थिक दबाबका कारण नयाँ सम्झौता गर्न इरान तयार हुने बताएका छन् । इरानका राष्ट्रपति हसन रुहानीले भने अमेरिकाको यो कदमलाई मनोवैज्ञानिक युद्धको संज्ञा दिएका छन् । अमेरिकाले इरानमाथि पुराना प्रतिबन्धहरु पुनः दोहोर्याएको हो ।

इरानमाथि अमेरिकाले सन् २०१५ मा भएको आणविक सम्झौतापछि ती प्रतिबन्धहरु फुकुवा गरेको थियो । तर पारमाणविक सम्झौता रद्द गर्दै अमेरिकाले फेरि प्रतिबन्ध लगाएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: