Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

२४ औं विश्व आदिवासी जनजाति दिवस मलेशियामा पनि मनाइने

मलेशिया, साउन । आदिवासी जनजाति महासंघ राष्ट्रिय समन्वय समिति मलेशियाले आफ्नो छैटौं बार्षिक उत्सब तथा २४ औं विश्व आदिबासी जनजाति दिवस एकैसाथ मनाउने भएको छ।

मलेशियाको राजधानी क्वालालम्पुरस्थित फाइभ एलिमेन्ट होटेलमा आगामी अगस्ट २६ तारिखका दिन बिहान ११ बजे कार्यक्रम औपचारिक रुपमा शुरु हुने आयोजकले जनाएको छ ।

महासंघ आदिवासी जनजातिहरुको अस्तित्व, धार्मिक, भाषिक मौलिक पहिचान एवं हकअधिकारको मुद्दालाई सुनिनिश्चित गर्न राज्य समक्ष ध्यानाकर्षण गराउन अग्रणी भूमिका निर्बाह गर्दै आइरहेको छ । महासंघले प्रवासको हकमा भने नेपाली श्रमिकहरुलाई भइपरि आएको समस्याहरुमा सहयोग गर्दै आएको छ ।

मलेसियामा रहेका विभिन्न जातीय, समाजिक संघसंस्थाहरुको हातेमालो एवं सहकार्यमा आयोजना हुन लागेको सो कार्यक्रममा आदिवासी जनजाति महासंघ मलेसियालाई विभिन्न क्षेत्रमा रहि योगदान दिरहेका विशिष्ट ब्यक्तित्व (श्रष्टा) लाई समेत सम्मान गर्ने कार्यक्रम रहेको संस्थाका अध्यक्ष पिटि शेर्पाले जानकारी दिए।

कार्यक्रममा मलेशियामा कार्यरत नेपाली, व्यावसायी, बुद्धिजीवी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत बाक्लो उपस्थिति रहने आयोजकको भनाइ छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: