Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आत्मघाती गोल गर्दा नेपाल एफसी क्लबसँग पराजित !

काठमाडौँ, साउन २३ । थाइल्यान्डमा जारी एशियाली खेलकूदको तयारी गरिरहेको नेपाली यू-२३ फुटबल टोली मैत्रीपूर्ण खेलमा पराजित भएको छ । मंगलबार साँझ थाइल्यान्डको राजधानी बैंककस्थित बुन्याचिन्दा रंगशालामा त्यहाँको पुलिस टेरो एफसी क्लबसँग नेपाल १-० गोल अन्तरले पराजित भएको हो । नेपालका आदित्य चौधरीले खेलको ३९औँ मिनेटमा आत्मघाती गोल गरेका थिए । चौधरीले बल क्लियर गर्न खोज्दा गोल भएको थियो ।

नेपाली फुटबल टोली एशियाली खेलकूदको तयारीका लागि थाइल्यान्ड गएको हो । नेपाली यू-२३ टोलीले अब शुक्रबार थाइल्यान्डको यू-२३ टोलीसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ ९एन्फा०ले जनाएको छ । -रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: