Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बेलायती सहयोगमा भालुवाङमा प्रहरी कार्यालयको नयाँ भवन निर्माण

तुलसीपुर । दाङको भालुवाङमा इलाका प्रहरी कार्यालयको भवन निर्माण गरिएको छ ।

बेलायती सहयोग नियोग (डिएफआइडी)को रु दुई करोड ७८ लाख ४९ हजार सहयोगमा उक्त भवन निर्माण भएको हो । सो भवनको प्रदेश नं ५ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेतले मंगलबार उद्घाटन गरे ।

उक्त भवनमा अपराध अनुसन्धान शाखा, सञ्चार, प्रशासन, बैठक, अतिथि तथा र अधिकृत कक्षसहित महिला, पुरुष र बालबालिकाका लागि छुटाछुटै हिरासत कक्षको व्यवस्था छ । सो भवनमा कार्यालय प्रमुखको आवास, जुनियर प्रहरी अधिकृतको ब्यारेक, प्रहरी जवानको ब्यारेक तथा महिला ब्यारेकसमेत व्यवस्था छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: