Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपाल–भारत उच्च सुरक्षा अधिकारीहरुको बैठक सुरू

नयाँदिल्ली, साउन २३ । सीमा सुरक्षा र अपराधिक गतिविधि नियन्त्रणलगायतका विषयमा छलफल गर्न नेपाल–भारतका उच्च सुरक्षाअधिकारीहरुको बैठक दिल्लीमा शुरु भएको छ ।

नेपाल र भारतका उच्च सुरक्षा अधिकारीहरु सम्मिलित ‘को–अर्डिनेसन समिति’ को तेस्रो बैठकमा विशेषगरी सीमाको सुरक्षा व्यवस्थापन, सीमापार अपराध नियन्त्रण, मानवतस्करीलगायतका विषयमा छलफल केaन्द्रित हुने बताइएको छ।

साथै बैठकमा सीमा सुरक्षालाई प्रभावकारी बनाउन स्थानीय स्तरमा सूचना आदानप्रदान तथा सञ्चार सेवा दुरुस्त बनाउने विषय पनि बैठकको एजेण्डामा रहेको नेपाली प्रतिनिधिमण्डलका एक सदस्यले भने।

त्यसैगरी सीमा सुरक्षाको जिम्मेवारी सम्हालिरहेको सशस्त्र सुरक्षा बलको क्षमता अभिवृद्धिका लागि दुई पक्षीय तालिमका विषयमा पनि छलफल गरिने बताइएको छ । साथै बैठकमा परराष्ट्र र गृह मन्त्रालयसँग जोडिएका अन्य विषयहरुमा पनि छलफल हुने बताइएको ।

बैठकमा सहभागी पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले गरेका छन्। प्रतिनिधिमण्डलमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक सुशीलकुमार भण्डारी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारी र परराष्ट्र मन्त्रालयका शाखा अधिकृत डा। इला मैनाली छन्।

प्रत्येक वर्ष हुनुपर्ने भए पनि ‘कोअर्डिनेशन समिति’ को बैठक चार वर्षयता बस्न सकेको थिएन। यसअघि सन् २०१२ मा पहिलो र २०१४ मा दोस्रो बैठक बसेको थियो। कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: