अलास्कामा अमेरिकी सदनका लागि रुसी आप्रवासीको प्रतिस्पर्धा

अलास्का, साउन २३ । ३७ वर्षका दिमित्री सिनले पहिलेदेखि नै अमेरिकी सपना बुनिसकेका छन् । सोभियत सङ्घमा जन्मिएका सिनसँग उनको हजुरबुबासँग भोक टार्न सडकमा भिख माग्नुपरेको सम्झना ताजै छ ।

सन् १९९० को दशकको सुरुमा उनी र उनकी आमा अलास्का आएका थिए । सिनकी आमाले अङ्कोरेजमा एक व्यक्तिसँग विवाह गरेकी थिइन् । विवाहपछि उनीहरू एक आश्रयस्थलमा बस्दा सार्वजनिक सहयोगका लागि तड्पिन्थे ।

अहिले एक प्राकृतिक अमेरिकी नागरिकको रूपमा एउटा सफल मेल–अर्डर प्लान्टर व्यवसाय चलाइरहेका सिनले अमेरिकी काङ्ग्रेसमा पुग्ने सपना बुनेका छन् । यो महिना उनले डेमोक्रेटिक प्राथमिक चरणमा दुई स्वतन्त्र उम्मेदवार एलिस ग्याल्भिन र क्रिस्टोफर कुमिङ्ससँग प्रतिस्पर्धा गरिरहेका छन् । साथै उनले रिपब्लिकन अमेरिकी प्रतिनिधि डोन योङको स्थानमा अपेक्षा गरिएका अलास्का बाहिरका डेमोक्रेट क्यारोल हाफ्नरसँग पनि प्रतिस्पर्धा गर्दैछन् ।

यदि सिन निर्वाचित भए सन् १९६७ पछि सदनमा रुसमा जन्मेका पहिलो सदस्य हुनेछन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावसम्म पनि सिन राजनीतिकरूपमा सक्रिय थिएनन् । उनका अनुसार सडकमा हिँड्दा उनीे अलास्का मूल निवासीको सुरक्षाप्रति चिन्तित हुन थाले । उनकी चिकित्सक पत्नी अलास्का मूलकी हुन् । उनीहरूसँग दुई जैविक र चार ग्रहण गरिएका छोराछोरी छन् ।

‘म एक फरक मुलुकमा ब्युझिएँ, मैले भनेँ, हे भगवान १ हामी कहाँ बस्दैछौँ, यो त्यो मुलुक होइन जहाँ म आउँदा मलाई स्वागत गरिएको सम्झना छ’– सिनले भने ।

सिनको मुख्य अभियान भनेको सबैका लागि स्वास्थ्य उपचार हो जुन वर्मोन्ट अमेरिकी सिनेटर तथा अमेरिकी राष्ट्रपतिका लागि पूर्व उम्मेदवार बर्नी स्यान्डर्सको अवधारणा हो । सिनले त्यो साहसिक लाग्न सक्ने तर डेमोक्रेटिक पार्टीको मूलधारबाट बाहिर नभएको बताए । अलास्काको डेमोक्रेटिक पार्टीको प्लेटफर्मले एकल भुक्तानीकर्ता स्वास्थ्य सेवा प्रणालीको विकास र कार्यान्वयनलाई समर्थन गर्दछ ।

एउटा मजबुत अभियान सञ्चालन गरेकी र निर्वाचनका लागि विरोधीहरूको भन्दा बढी वित्तीय सहयोग जुटाएकी ग्याल्भिनले पनि सबैलाई समावेश गर्ने स्वास्थ्य सेवा योजनालाई समर्थन गरेकी छिन् तर विद्यमान प्रणालीमा सुधार नगरेसम्म त्यो सम्भव नहुने बताएकी छिन् ।

सिनका लागि त्यो धेरै राम्रो होइन । उनले भने– ‘तिनीहरूले हल्लाउँदैनन्, तिनीहरूले नयाँ विचारहरूलाई धकेल्दैनन् र तिनीहरूले गुमाउँछन् ।’ सिनका अनुसार नवीकरणीय ऊर्जामा अधिक लगानी तथा काङ्ग्रेसले अनुमोदन गरेको ट्रम्प समर्थित कर कटौतीलाई रद्द गर्नुजस्ता मुद्दा र स्वास्थ्य सेवामा उनको दृटिकोणलाई अधिकांश डेमोक्रेटले बुझ्दछन् । ‘हामी तिनीहरूमै सञ्चालित हुनुपर्दछ’– उनले भने ।

कहिलेकाहिँ अश्लिल बोल्ने र बिना तयारी टिप्पणी गर्ने भनी चिनिएका योङलाई सिनले ‘डोनाल्डका बाबु’ भन्छन् ।

राज्यको विधायिकी उम्मेदवार तथा सिनका समर्थक प्याट्रिसिया फाये–ब्राजेलले सिनलाई चमत्कारी व्यक्ति भन्छिन् । ‘जब उनी भेटघाटका लागि आउँछन्, मानिस प्रफुल्ल हुन्छन् र जब उनी बोल्छन्, मतदाताहरु उत्साहित हुन्छन्’– उनले भनिन् ।

विभिन्न समूहहरूलाई सम्बोधन गर्न भ्रमणको निमन्त्रणा स्वीकार गर्दै र ग्याल्भिन, कुमिङ्स र हाफ्नरसँग मञ्चहरूमा भाग लिन सिनले अलास्का राज्यको विभिन्न स्थानमा भ्रमण गरेका छन् । हाफ्नरले कहिल्यै अलास्काको भ्रमण गरेका छैनन् । सिनले आफ्नो अभियानका लागि एक लाख अमेरिकी डलरभन्दा बढी ऋण लिएका छन् । नाम पहिचानको समस्यामा रहेका उनी र ग्याल्भिन दुवैले त्यसलाई हटाउने प्रयास गरिरहेका छन् ।

पूर्व लेखापाल सिनले उनका हजुरबुबाले रुसबाट पठाइदिएको कबाब ग्रिल बनाउने भाँडोबाट प्रेरित भई फूल रोप्ने बक्स ९प्लान्टर बक्स० आविष्कार गरे । उनी अलास्कामा दर्ता भएका ९४ वटा टेस्लामध्ये एउटा चलाउँछन् । ‘ब्याक टु द फ्यूचर’ सिनेमामा डिलोरियनले गरेजस्तै यसका ढोकाहरू माथिपट्टि खुल्छन् ।

अङ्कोरेजको एक मलस्थित आफ्नो एउटा प्रिय कफी पसलमा जाँदा हालै सिनको हाइस्कूलका एक पुराना कोच डेभिड ब्लकसँग भेट भयो । ब्लकले विद्यार्थीका रूपमा सिन स्पष्ट वक्ता र अभिमत दिन अप्ठ्यारो नमान्ने व्यक्ति भएको बताए । ‘तर अङ्ग्रेजी उनको मूल भाषा नभए पनि उनले भाषण र बहसका लागि कडा मेहनत गरे, अहिले उनी कस्तो अवस्थामा छन् भन्ने आधार तयार गर्न त्यसले सहयोग ग¥यो’– ब्लकले भने ।

सिन सधैँ बेजोड छन् । उनकी आमा लिना सेभिलले सिनले अङ्कोरेज डेली न्यूजका लागि पत्रिका वितरण गर्दै १२ वर्षको उमेरदेखि नै काम गरिरहेको बताइन् । सिनकी आमा सेभिलेले वालमार्ट र एक होटलमा काम गरिन्, उनले मास्टर डिग्री प्राप्त गरिन् र पर्यावरणीय अभियन्ता बन्न गइन् ।

उनी वास्तविक बिक्रेता थिए । अङ्कोरेज डेली न्यूजको सन्डे संस्करण मानिसहरूले कुपनमार्पmत खरिद गर्दा प्रोत्साहनको रूपमा आउने पैसाले उनको बचतलाई बढाउँथ्यो । उनले एकपटक एक दृष्टिविहीन महिलालाई पत्रिकाको ग्राहक बनाए । ‘सिनले भने यसलाई ती महिलाले पंक्षीको पिँजरा बनाउन प्रयोग गर्न सक्छिन्’– उनले भनिन् ।

एक वयस्कका रूपमा पत्नी मेलिसाको आकस्मिक लाभका क्रममा सिनको परिवार आकारमा दुई गुणा भयो । सन् २०१४ मा उनले एक्लो र उदास अवस्थामा रहेकी एक किशोरीलाई भेटिन् । ती किशोरीले आपूmले खतरा महसुस गरेर घरबाट भागेको बताइन् ।

ती किशोरीका तीन दिदीबहिनी थिए । तिनीहरूलाई घरबाट निकालिएको र अस्पताल भर्ना गरिएको थियो । मेलिसाले तिनीहरूलाई दैनिक भेटिन् । तर पछि उनले के थाहा पाइन् भने उनीहरूलाई अस्पतालमा हेरचाहका लागि एकैसाथ राखिएको थिएन ।

सिन र उनले ती किशोरीहरूसँगै जीवन बिताउनेबारेमा छलफल गरे । उनीहरूको छोराले निर्णयलाई सजिलो बनाइदिए । ‘के उनीहरूलाई घर चाहिन्छ रु किन उनीहरू हामीसँगै बस्न सक्दैनन् रु’– छोराले भने । ती किशोरीहरू उनीहरूसँग आए र सिनको परिवारले सन् २०१६ मा तिनीहरूलाई ग्रहण गरे ।

दम्पत्तीले सो कदम चाल्यो किनभने त्यसो गर्नु सही थियो, भलै यो कठिन कार्य थियो । सिनले भने– ‘ती किशोरीहरू सुत्न सकुन् भनेर उनीहरूको ढोका अगाडि हामीले महिनौँ रात बितायौँ, अहिले उनीहरूको अवस्था राम्रो छ ।’

उनले त्यो अनुभव र गरुङ्गाे भारीबीच समानान्तर रेखा खिच्दै मुलुकको सुधार गर्न काङ्ग्रेसलाई ती आवश्यक हुने बताए । ‘यो कडा मेहेनत गर्ने बारेमा उदाहरण हो’– उनले भने । रासस

कमेन्ट गर्नुहोस्