Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भाेलि सार्वजनिक बिदा

विराटनगर, साउन २३ । प्रदेश नं १ को सरकारले विश्व आदिवासी जनजाति दिवसका अवसरमा यही साउन २४ गते सार्वजनिक बिदा दिने सार्वजनिक सूचना जारी गरेको छ ।

प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले बुधबार सूचना जारी गर्दै बिहीबार बिदाको घोषणा गरेको हो ।

मन्त्रालयले प्रदेशका १४ वटै जिल्ला प्रशासन कार्यलयमा २०७४ चैत २९ गतेको प्रदेश सरकारको निर्णयअनुसार उल्लिखित बिदा दिने निर्णय भई सोको सूचना नेपाल राजपत्र खण्ड ९१० विराटनगर, नेपाल, चैत २९ गते २०७४ (पूर्व अतिरिक्ताङ्क १९अ) मा प्रकाशन भएको समेत जानकारी दिएको छ ।

सूचनामा साउन २४ गते विश्व आदिवासी दिवस, भदौ १० गते जनैपूर्णिमा, भदौ १८ गते राधाकृष्ण रथयात्राका दिन (मोरङ र सुनसरी मात्र) र कात्तिक २७ गते छठ पर्वमा सार्वजनिक बिदा दिने जानकारी गराइएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: