Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

एक हप्तापछि नयाँ कानून आउँदै, सर्वसाधारणलाई थाहा छैन !

काठमाडौं, साउन २४ । मुलुकमा अबको आठ दिनपछि नयाँ कानुन कार्यान्वयनमा आउँदैछ । मुलुकी ऐन-२०२० को ठाउँमा नयाँ कानुनहरू लागू गर्न लागिएको हो । मुलुकी अपराध संहिता ऐन, फौजदारी कार्यविधी संहिता ऐन र फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयनसम्बन्धी मस्यौदा बनेको बताइएको छ भने मुलुकी देवानी (संहिता) ऐन-२०७४, मुलुकी देवानी कार्यवीधी (संहिता) ऐन, २०७४, मुलुकी अपराध (संहिता) ऐन, २०७४ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन-२०७४ कार्यान्वयनमा आउन लागेको हो ।

तर धेरै सर्वसाधारणले यसबारे आफूलाई केही थाहा नभएको बताएका छन् । उनीहरूले यसमा सरकार र सम्बन्धित निकायको नै कमजोरी रहेको गुनासो गरेका छन् । उनीहरू भन्छन्य-सबारे हामीलाई कसैले जानकारी दिएको छैन न सरकारले न सम्बन्धित अन्य अन्य निकायले । आफूहरूलाई प्रशिक्षण दिइनुपर्ने या अन्तरक्रियामा सहभागी गराइनुपर्ने उनीहरूको माग छ । नेपाल समाचारपत्रमा खबर छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: