Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

थिबाउट ३५ मिलियन पाउण्डमा मड्रिडमा अनुबन्ध

काठमाडौं, साउन २४ । ३५ मिलियन पाउण्डमा चेल्सीका गोलकिपर थिबाउट कोर्टियस स्पेनिस क्लब रियल मड्रिडमा अनुबन्ध भएका छन् । उनी मड्रिडसँग ६ वर्षका लागि अनुबन्ध भएका हुन् । उनी आफ्नो देश बेल्जियमको फुटबल टिमका पनि गोलरक्षक हुन् ।

इंग्लिस क्लब चेल्सीबाट व्यवसायिक फुटबल खेल्दै आएका कोर्टियसलाई रियलले आज (बिहिबार) पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। रूस विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै गोल्डेन ग्लोब्ससमेत जितेका २६ बर्षीय कोर्टियस सन् २०११ मा जेन्कबाट चेल्सी आएका थिए। चेल्सीले कोर्टियसको स्थानमा स्पेनिस क्लब एट्लेटिको बिल्वाओका गोलकिपर किपा अराईजब्लागालाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरिसकेको छ । -एजेन्सी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: