उद्यम विकास सहजर्कताको सञ्जाल गठन

धनगढी। साउन २४ । प्रदेश नम्बर सातमा पहिलो पटक उद्यम विकास सहजर्कता सञ्जालको गठन गरेको छ । अहिलेसम्म उद्यम विकास सहजकर्ताको हकहितमा काम गर्ने कुनै पनि संघसंगठन नभएकाले प्रदेश सातमा पहिलो पटक उद्यम विकास सहजकर्ताको सञ्जाल गठन गरिएको हो ।

शुक्रबार प्रदेश सातको अस्थायी राजधानी धनगढीमा बसेको एक भेलाले ११ सदस्यीय उद्यम विकास सहजकर्ताको सञ्जाल गठन गरेको हो । भेलाले नरेशबहादुर सिंहको नेतृत्वमा ११ सदस्यीय सञ्जाल गठन गरेको छ । सञ्जालको उपाध्यक्षमा पदमबहादुर ऐर, महासचिवमा देवसिंह ठगुन्ना, सचिवमा चाँदनी शाही र कोषाध्यक्षमा कुसुम जोशी चयन भएका छन् ।

यस्तै, भेलाले सदस्यमा नरेश साउँद, शेरसिंह धामी, दशरथप्रसाद जोशी, महेन्द्रबहादुर चयडा, एकेन्द्र थापा र नरेश जेठारा चयन गरेको छ । भेलामा प्रदेश सातका नौ वटै जिल्लाका उद्यम विकास सहजकर्ताको उपस्थिती रहेको थियो ।

नेपालमा २०५५ ०५६ देखि उद्योग मन्त्रालयको समन्वयमा सञ्चालन लघु उद्यम विकास कार्यक्रम र गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमलगायत विभिन्न संघसस्था तथा निकायमा कार्यरत उद्यम विकास सहजर्कताको संगठन नभएकाले प्रदेश भेलाले सञ्जाल गठन गरेको सञ्जालका महासचिव देवसिंह ठगुन्नाले बताए ।

अब सञ्जाल गठनपछि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीभिटी) बाट अध्ययन गरि बसेका जनशक्तिका समस्या केहि हदसम्म भएपनि समाधान हुने भेलाले विश्वास लिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: