Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

विकासको गति बढाउन सरकारलाई सुझाव

चितवन, साउन २४ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले विकास निर्माणको गति बढाउन सरकारलाई सुझाव दिएका छन् ।

बिहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आम रुपमा सरकारको विकासको गति अझै बढे हुन्थ्यो भन्ने अपेक्षा गरेको बताए । सरकारको कामप्रति राष्ट्रियसभा सन्तुष्ट रहेको र विधेयकहरु चाँडो ल्याउन अध्यक्ष तिमिल्सिनाले सरकारलाई आग्रह गरे । उनले भने, “केही विधेयकहरु समय सीमाको हिसाबले असोज दुई गतेभित्र आइसक्नुपर्ने हुन्छ । त्यसका लागि सरकारलाई घच्घच्याइरहेका छौँ ।”

राष्ट्रियसभामा अहिले दुईवटा विधेयक टेबुल भएको र समय सीमा भित्रमा विधेयकहरु पारित हुने उनले बताए । उनले देशमा शान्तिसुरक्षा कायम हुनुपर्ने तथा सबैले आफ्नो पेशा, व्यवसाय निर्बाध रुपमा गर्न पाउनुपर्ने बताए । कुनैपनि समस्या विधि र कानूनसम्मत ढङ्गबाट समाधान गर्नुपर्ने उनको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: